नियम २०च
विशेष परीक्षा
(१) ऐनको दफा २१घ. को प्रयोजनको लागि काउन्सिलले तोकेको पाठ्यक्रमको आधारमा विशेष परीक्षा लिन सक्नेछ ।
(२) विशेष परीक्षामा लिखित परीक्षा अनिवार्य हुनेछ तथा काउन्सिलले आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा, अन्तर्वार्ता र अन्य किसिमको परीक्षा पनि लिन सक्नेछ ।
(३) विशेष परीक्षा दस्तुर अनुसूची–९ मा तोकिए बमोजिम हुनेछ ।
(३क) नेपालमा चिकित्साशास्त्रका मेडिकल वा डेन्टल विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका विदेशी विद्यार्थीले समेत उपनियम (१) बमोजिमको विशेष परीक्षामा ८ भाग लिन पाउनेछन्‌।
(४) विशेष परीक्षा सम्बन्धी अन्य व्यवस्था काउन्सिलले तोके बमोजिम हुनेछ ।